शुक्रबार, बैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा ३१५ जनामा कोभिड संक्रमण, छ को मृत्यु

काठमाडौं मंसिर १६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३१५ जना कोभिड सङ्क्रमितको पहिचान भएको  जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५११ जनामा पीसीआर र १हजार ८९२ जनामा एन्टीजेन परीक्षणको क्रममा १७ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा २०१ जना कोभिड मुक्त भएको जानकारी दिदै सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।साथै देशभर ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेको जानकारी समेत मन्त्रालयले दिएको छ।