शुक्रबार, बैशाख १४, २०८१

छिमेकी मुलुक भारत सहित विश्वका २६ राष्ट्र ओमिक्रोनको चंगुलमा

काठमाडौं मंसिर १६,
छिमेकी मुलुक भारतमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएसंगै विश्वका २६ मुलुकमा यसको रफ्तार देखिएको छ । भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा कोभिड ओमिक्रोन भेरिएन्ट फेला परेको बिबिसीले भारतीय उच्च अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

त्यस्तै संक्रमण भेटिएका ६६ र ६४ वर्षका दुई पुरुषलाइ निगरानीमा राखिएको जनाउदै संक्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु भएको जनाएको छ।

यसैवीच भारत सरकारले ओमिक्रोन भेरिएन्टको उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गर्दै भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान नदिने रणनिति तय गरेको छ।