बिहिबार, बैशाख १३, २०८१

सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गर्ने कार्कीद्दय पक्राउ

काठमाडौं मंसिर १६ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोलखा गौरीशंकर गाउँपालिका(१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त गाउँपालिका(१ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेका छन् ।

पूर्ण बहादुरलाई गत कार्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका(१ जुगुस्थित जंगलमा हातखुट्टा डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा विक्रमलाई काठमाडौं महानगरपालिका(३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका(६ चुच्चेपाटीबाट पक्राउ गरेको हो ।

साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको जनाउन्दै पक्राउ परेका अभियुक्त थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको ब्यूरोले जनाएको छ ।