शनिबार, बैशाख १५, २०८१

यी हुन काठमाडौं काँग्रेसको १० निर्वाचन क्षेत्रमा निर्वाचित सभापतिहरु

काठमाडौं मंसिर ८,
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंको १० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भइ परिणम समेत सार्वजनिक भइसकेको छ ।

सार्वजनिक मत परिणाम अनुसार निर्वाचन क्षेत्र न १, २, ३, ४,५,६, ७,८ ९ र १० मा निर्वाचित सभापतिमध्ये निर्वाचन क्षेत्र न १, ३, ४, ५, ७,८ ९, र १० मा निर्वाचित सभापतिहरु क्रमस रविन्द्रविक्रम राणा,गोकणेश्वर नगरपालिकाका प्रमुख समेत रहेका सन्तोष चालिसे, श्याम संगत,श्याम खड्का,वडान न १६ काअध्यक्ष समेत रहेका मुकुन्द रिजाल, यसअघि क्षेत्रीय सचिवको जिम्म्ेवारीमा रहेका राजेश श्रेष्ठ, जयकृष्ण महर्जन र पुकार श्रेष्ठ काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह निकटका उम्मेदवार हुन ।

त्यस्तै क्षेत्र न २ निर्वाचित सभापति कविर शर्मा शेरबहादुर देउवानिकटका हुन भने क्षेत्र न. ६ मा दोस्रो पटक निर्वाचित सभापति श्याम खड्गी नेता कृष्णप्रसाद सिटौला निकटका उम्मेदवार हुन ।