बुधबार, बैशाख १२, २०८१

भक्तपुर क्षेत्र नम्बर १ को घोषित परिणामप्रति स्थानीय नेताहरुको असहमति , पुनः मतदानको माग

काठमाडौं मंसिर ८,
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को मा मतगणना र घोषित परिणाम प्रति स्थानीय नेताहरुले असहमति व्यक्त गरेका छन । उक्त क्षेत्रका सभापतिका उम्मेदवार उद्धव खड्का र नेपाल दरुण दलका पूर्वअध्यक्ष एवम केन्द्रीय महाधिवेशन प्रतिनिधि विनोद कायस्थले एक विज्ञप्ति जारी गर्दै घोषित मत परिणाम निर्वाचन निर्देशिका विपरित रहेको जनाएँदै परिणाम बदरको माग समेत गरेको छ ।

खड्का र कायस्थको हस्ताक्षरमा जारी जारी विज्ञप्तिमा मत गणनास्थलमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलको नेतृत्वमा असम्बन्धीत व्यक्तिहरुको प्रवेस संगैको होहल्ला र केही ब्यक्तिहरुले होहल्ला अवरोध शुरु भएसंगै शुरु भएको झडपको अवस्थासंगै आफूहरु बाहिरिएको अवस्थामा एकलौटी रुपमा मत गणना गरिएको भन्दै उनीहरुले पुनः मत गणनाको माग गरिएको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा २को ६ बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवारहरु वा निजको वारेसको रोहवरमा गर्नुपर्छ भन्ने स्पष्ट व्यहोरा हुँदा हुँदै भक्तपुर संसदीय क्षेत्र नम्बर १ का मतदान अधिकृतले हामीहरुको कुनै वारेस वा उम्मेदवारको रोहवर नराखी एकपक्षीय ढंगबाट मतगणना गरी एकपक्षीय मत परिणाम घोषणा गरिएका कारण मत गणनाको परिणाम बदर गरी पुनः मतदान गर्न जोडदार माग गर्दछौं भनिएको छ ।