सोमवार, बैशाख १७, २०८१

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा प्रकरणको कात्तिक १५ गते अन्तिम सुनुवाइ हुने

काठमाडौँ असोज १८,

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने परिपञ्चमा संलग्न रहेको दाबीससहित अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथिको आज सुनुवाइ गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले उक्त मुद्दाको फैसलाको लागि कात्तिक १५ गतेको मिति तोकेको छ ।

ललिता निवास प्रकरणमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउन सक्ने अधिकार नभएको भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनुपर्ने भन्दै गरेको निर्णय विरुद्ध अख्तियारको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता न्यौपानेलेअख्तियारसमेलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको थियो । २०७६ माघ २९ मा दर्ता भएको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएको थियो ।