शुक्रबार, चैत्र १६, २०८०

१ हजार ३० जनामा कोभिड संक्रमण, १० संक्रमितको मृत्यु

काठमाडौँ असोज १८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामाकोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र ६७९को एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रिमत पहिचान भएको हो ।

त्यस्तै मन्त्रालयले ५ हजार ८९३ जनाको पिअिसार परीक्षणको क्रममा ८१२ र एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। साथै यसवीचमा देशभरबाट १ हजार संक्रमित निको भई डिस्चार्ज भएको जनाउनुको अलावा १० जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।

त्यस्तै देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको जनाउदै यसमध्ये ३५१ जनाको आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत जनाएके छ।