शनिबार, बैशाख १५, २०८१

१८ वर्षमुनिका बालबालिकाकालाइ दशैँलगत्तै फाइजरको कोभिड विरुद्धको खोप दिइने

काठमाडौँ असोज १९,
बालबालिको लागि फाइजर कम्पनीले उत्पादन गरेको कोभिड विरुद्धको खोप दशैँलगत्तै दिइने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभएको छ ।

कान्ति बाल अस्पताललाई चु जी फाउन्डेसनद्वारा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाई फ्लो नेजल क्यानुला सहयोग तथा हस्तान्तरण गर्ने क्रममा मन्त्री श्रेष्ठले प्रस्तुत अभिव्यक्ति दिनुभएको हो ।

कोभिड महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा बालबालिका लक्षित हुने चर्चा संगै १८ वर्षमुनिका बालबालिकाका जोगाउन यो खोप दिने तयारी भएको मन्त्रालयले जनाएको छ।