बुधबार, बैशाख १२, २०८१

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट बैठक

काठमाडौँ असोज १९,
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् । सर्वोच्चले कुनै पनि गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने सिर्जित अवस्थालाइ दृष्टिगत गर्दै फूलकोर्टमा छलफल गर्ने प्रचलन अनुरुप पूर्ण बैठक बोलाएको बुझिएको छ ।

पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका लागि समेत कोटा भन्ने समाचारसंगै भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबावमा परेको अवस्था एकातर्फ रहेको छ भने अर्को तर्फ अदालतमा आसन्न् बडा दशैको शुभारभ अर्थात घटस्थापनादेखि दसैं बिदा दिने चलन रहदै आएको छ। यसवीचमा बन्दीप्रत्यक्षीकरणलगायतका अत्यावश्यक मद्दाको सुनुवाइ गर्न सिमित न्यायाधीशलाई जिम्मा दिने चलन छ । कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा पनि फुलकोर्टमा छलफल गर्ने तयारी रहेको बताइएको  छ ।
त्यस्तै बैठकमा गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्ने सम्वन्धी प्रतिवेदनमाथि समेत छलफल गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्ने तयारी रहेको सर्वोच्चच स्रोतले जनाएको छ ।