शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय हितका लागि सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति अघि बढाउछु: नव नियुक्त परराष्ट्रमन्त्री

 काठमाडौं असोज ६ ,
काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नव नियुक्त परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा। नारायण खड्काले शपथ ग्रहण लगत्तै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने क्रमम पत्रकारहरुसंगै संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय हित एवम् सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति अघि बढाउने बताउनुभएको छ।

त्यस्तै उहाँले आफू आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको बताउदै त्यसक्रममा राष्ट्रसंघमा नेपालको एजेन्डा प्रस्तुत गर्ने बताउँनुभयो ।

त्यस्तै गरी एमसीसीको सवालमा सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्ने जनाउ सहित इन्डो–प्यासिफिक र अन्य नयाँ गठबन्धको कारण अवसरसँगै चुनौति पनि सिर्जिएको बताउँदै परराष्ट्रमन्त्री डा खड्काले एकपक्षीयभन्दा बहुपक्षीय नीति अँगालिने उद्घोष समेत गर्नुभयो । साथै राष्ट्रसंघीय महासभामाको कार्यक्रम सकेर स्वदेश फर्किएसंगै राजदूतहरु सिफारिस हुने समेत बताउनुभयो ।