शनिबार, बैशाख १५, २०८१

देशभर थप १ हजार ४७८ जनामा कोभिड संक्रमण, ६ को मृत्यु

काठमाडौं असोज ६ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९३० जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा वितेको २४ घण्टामा देशभर १ हजार ४७८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले ११ हजार ६७ जनाको पिअिसार परीक्षणको क्रममा १ हजार २५१ र २हजार ८६३ जनाको एन्टीजेन परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको जनाको छ ।

साथै यसवीचमा १ हजार ६३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको जनाएको छ। त्यस्तै गरी देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको र यसमध्ये ३३४ जनाको आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।