शनिबार, बैशाख १५, २०८१

डा श्रेष्ठको अपहरणमा संलग्न फरार अभियसक्त ११ वर्ष पछि पक्राउ

काठमाडौं असोज ६ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा।भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई घटनाको ११ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी फरार रहेका पण्डित भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज उपर पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको जनाउदै फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।