आइतवार, बैशाख १६, २०८१

नव नियुक्त परराष्ट्रमन्त्री डा. खड्काले लिए शपथ

काठमाडौं असोज ६ ,
काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नव नियुक्त परराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा.नारायण खड्काले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

नव नियुक्त परराष्ट्रमन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।