शनिबार, बैशाख ८, २०८१

तत्कालीन ओली सरकारले बिभिन्न देशमा नियुक्त राजदूतहरूलाई फिर्ता वोलाउने मन्त्रीपरिषद बैठकको निर्णय

काठमाडौं असोज ५,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्तिका आधारमा बिभिन्न देशमा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पछि दिनुभएको जानकारी अनुसार आजको बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला सिमिकोट खण्डको सडक निर्माण गर्ने कार्य नेपाली सेनाबाट गराउने निर्णय गरेको जनाएको छ।

त्यस्तै कोभिड १९ को संकट सम्बन्धी व्यवस्थापन गर्न बनेको विधयेक र औषधि ऐन २०३५ लाई संशोेधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णयसंगै संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय भएको बताउनुभयो ।