शनिबार, बैशाख १५, २०८१

दलविभाजन सम्बन्धी अध्यादेशको टुंगो लागेसंगै मन्त्रिपरिषद विस्तार: प्रवक्ता महरा

काठमाडौं असोज ६ ,
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बुधबार बसेको पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाएसंगै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने जानकारी दिदै प्रवक्ता महराले मन्त्री परिषद विस्तार अध्यादेशको कारणले ढिलो भएको जनाउ सहित अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको काम समेतले पूर्णता पाउने बताउनुभयो ।

साथै उहाँले विहिवारको बैठकमा दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत हुने जानकारी समेत दिनुभयो ।