शनिबार, बैशाख १५, २०८१

काँग्रेस वडा अधिवेशन :महानगर वडा न १९ मा श्रेष्ठ नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं असोज ६ ,
नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशनको स्थानीय तहको  वडा अधिवेशन  अन्र्तगत  काठमाडौं काँग्रेस क्षेत्र न ८ को महानगर वडा न १९ समितिको मंगलवार र बुधवार गरि दुइ दिनसम्म चलेको वडा अधिवेशनले गोबिन्द श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

२ सय २२ जना क्रियाशील सदस्य रहेको यस वडामा मतदानको क्रममा खसेको मत १ सय ९५ मध्ये २०मत भन्दा बढि मत बदर भएको जनाउको निर्वाचन समतिले जनाएको छ। त्यस्तै नव निर्वाचित महानगर १९ वडा सभापति श्रेष्ठले १ सय ४६ मत प्राप्त गर्दै गर्दा उहाँका निकटम प्रतिस्पर्धी विनय बहादुर श्रेष्ठले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै उपसभापति , सचिव र सहसचिवद्दयमा क्रमस किरण श्रेष्ठ ,उमेश कर्माचार्य, चन्द्रमान डंगोल ,शैलेन्द्र मिश्र र श्याम महर्जन , नारायण देवी महर्जन निर्विरोध निर्वाचित भएका छन ।   त्यसैगरी  कार्यसमिति सदस्यहरुमा सुमन खड्गी , दिनेश ताम्राकार, हिमाल डंगोल ,रमेश महर्जन ,अमरमान सिंह, देविता श्रेष्ठ ,मधुसुदन प्रधान , शिव महर्जन,दिनेशमान जोशी, आयुष शाही लगायतका सदस्यहरु रहेका छन ।

त्यस्तै गरि क्षेत्रीय प्रतिनिधीहरुमा क्रमस राजुराज जोशी, रविन्द्रलाल श्रेष्ठ, प्रदिप कुमार शाही, गिरीराज दली, बालमुकुन्द प्रसाद श्रेष्ठ, शरण शाही अंकितध्वज खड्का, श्रीजन झा ,सपना राजभण्डारी जोशी, शौरभराज जोशी ,सुजाता श्रेष्ठ, रमेशमान मुनिकार, प्रशन्न लाल खड्गी विनिता श्रेष्ठ, रंजिता परियार ,शोभा जोशी रेणुकमल शाही, शेख नारायण महर्जन र छोटे मियाँ अन्सारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।