शनिबार, बैशाख १५, २०८१

ललितपुरमा यौन व्यवसाय सञ्चालन गर्ने ७ जना प्रहरी हिरासतमा

ललितपुर भाद्र ३,
ललितपुर महानगरपालिका कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २८ ढल्कु बस्ने झापा दमक नगरपालिका ७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका ६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका ८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट,ललिtk’/ ललितपुर महानगरपालिका ८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका(३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने
र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।