बिहिबार, बैशाख ६, २०८१

जात्रा,पर्व मनाउदै गर्दा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं भाद्र ३,
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण तथा जोखिम दिनानुदिन उच्च रहेको स्मरण गराउँदै जात्रा लगायतका पर्वहरु आयोजना गर्दा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

त्यस्तै जारी सूचनामा आसन्न जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा संकेतिक तवरले मनाउन भनिएको छ ।