शनिबार, बैशाख १५, २०८१

२४ वर्ष पछि घर कलहका कारण विधिवत रुपमा यसरी फुट्यो नेकपा एमाले

काठमाडौं भाद्र ३ ,
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बुधवार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विधिवत रुपमा विभाजन भएको छ। काँग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको दल विभाजनको सहज व्यवस्था सहितको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएसंगै संशोधित व्यवस्था अनुरुप एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादीे दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

वरिष्ठ नेता नेपालको नेतृत्वको नेकपा एमाले समाजवादीे दलको चुनाव चिन्ह खुल्ला किताब रहेको छ भने पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल सहित ९५ जना केन्द्रीय कमिटी सदस्य रहेको व्यवस्था गरिएको छ ।

यसअघि पार्टीभित्रको आन्तरिक विवादसंगै पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच पछिल्लो समय प्रतिनिधिसभा विघटन प्रकरणको विवादले जारी विवादलाइ थप उत्कर्ष पुर्याएको थियो । जसको परिणाम घर कलहले कुटुम्व नास भने जस्तै अन्नत पार्टी नै दुई टुक्रा भएको छ। त्यसो त २०५४ मा तत्कालीन महाकाली सन्धिको विषयगत एजेन्दाका कारण वामदेव गौतमले एमाले विभाजन गर्दै नेकपा माले गठन गरेको २४ वर्षपछि एमाले पुन विभाजन भएको हो ।