शनिबार, बैशाख ८, २०८१

बागमती प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीको जिम्मेवारी महिलालाइ

काठमाडौं भाद्र ३ ,
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले  बुधवार मुख्यमन्त्री नियुक्त गरेसंगै शाक्य पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । यस अघि नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो । ।

यसैवीच नवनियुक्त मुख्यमन्त्री शाक्यले थप दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । नव नियुक्त मन्त्रीद्दण्मा आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गर्नु भएको प्रदेश सचिवालयले जनाएको छ ।