आइतवार, बैशाख १६, २०८१

काँग्रेसको १४ औं महाधिवेशन: भाद्रको पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने तयारी

काठमाडौं साउन २०,
सत्तारुढदल नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत भाद्रको पहिलो साताबाट शुरु हुने गरि स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ ।
प्राप्त जानकारी अनुसार क्रियाशील सदस्यता विवादको सवालमा पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा आवश्यक सवै निगित सम्बोधन गर्दै क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने तयारी गरेसंगै स्थानीय तहको अधिवेशनको संकेत देखिएको हो ।

त्यस्तै विहविारबाट धनुषा, सर्लाही, बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी छवटा जिल्लामा सिर्जित क्रियाशील सदस्यताको विवाद समाधान भएसंगै स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भएको जानकारी दिदै काँग्रेस मसख्यालयले जानकारी दिएको छ।

स्मरण रहोस,  काँग्रेसको १४ औं महाधिवेशनको मिति आगामी भाद्र १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने यसअघि नै तय गरेको थियो । पछिल्लो समय सरकारको नेतृत्व र कोभिड १९ को संक्रमणका कारण निर्धारित समयमा महाधिवेशन आयोजना गर्ने चुनौति थपिएको निष्कर्ष सहित संस्थापन पक्षले महाधिवेशनको समय सार्ने तयारी गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आइरहेका छन ।

त्यस्तै कांग्रेसले यसअघि १४औँ महाधिवेशन आगामी भाद्र १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो सार्वजनिक कार्य तालिका अुसार गाउँ। नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।