शुक्रबार, चैत्र १६, २०८०

नयाँ संरचना बनाउने नाममा भय र आतंक सिर्जना नर्गन उच्च् अदालतको आदेश  

काठमाडौं साउन २१,
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका वडा न ३ को नाममा बुधवार निषेध आदेश जारी गरेको छ ।  महानगरपालिका वडा न .३ को कार्यालयले दमकल स्टेशन बनाउने नाममा राजधानीको बाँसवारी स्थित बिश्व हिन्दु महासंघको भवन रहेको स्थलमा भवनलाइ समेत क्षति पुग्ने गरि निरन्तर विगत २/३ दिनयतादेखि सिर्जना गर्दै आएको डोजर आतंक विरुद्ध महासंघले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै उच्च अदालत पाटनले तत्काल कुनै पनि किसिमको संरचना बनाउने नाममा भय र आतंको वातावरण सिर्जना नर्गन यस्तो आदेश जारी गरेको हो ।

 महानगरपालिका वडा न ३ स्थित कि.न. ५०६ को नेपाली सेनाको नाममा रहेको जग्गाबाट महासंघको भवन बनाउन नेपाल सरकारको स्वामित्व रहने गरि २०६२/ ५/ ३०/ मा मन्त्री परिषद्को निर्णयबाट महासंघलाई भोगाधिकार दिएको ०- ८ -०- ० क्षेत्रफल रहेको जग्गामा महानगर वडा न. ३ ले डोजर आतंक सिर्जना गरेको हो ।

स्मरण रहोस,  मन्त्रीपरिषद्को २०५९्/ १ / १७/को निर्णय अनुसार कार्यालयको पूर्व तर्फको २२ रोपनी जग्गा समेत महासंघको नै नाममा भोगाधिकार प्रत्यायोजित रहेको उक्त जग्गामा जो रक्षक , उहीँ भक्षक भने झैं डोजर लगाएर महासंघको जग्गा हडप्न परिपञ्च रचेको महासंघको आरोप रहेको छ।
कोभिड कहरका कारण कार्यलय बन्द भएको र कर्मचारीहरु बिदामा रहेका पदाधिकारीहरु देश बाहिर रहेको मौका छोपेर आग्रह पूर्वाह सहित विना जानकारी महासंघको कार्यालयलाई नै क्षति पुग्ने गरि कुनै साध सिमाना समेत यकिन नगरि वर्षातको समयमा अनावश्यक दु:ख दिदै राजनीतिक बल मिच्चाइ सहित जग्गा हडप्न खोजेको जिकिर सहित महासंघले रिट दायर गरेको हो ।