शुक्रबार, बैशाख १४, २०८१

महासंघद्दारा उच्च अदालत पाटनबाट जारी आदेशको स्वागत

काठमाडौं बैशाख ११,
नेपाल पत्रकार महासंघले उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पत्रकारलाइ पक्राउ नगर्न भनी जारी गरेको आदेशलाई सकारात्मक रुपमा लिँदै त्यसको स्वागत गरेको छ।

महासंघका केन्द्रीय सदस्य बासुदेव बविन शर्मा,उज्यालो नेटवर्क प्रालिका सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलाई प्रधानमन्त्री केपी ओली र भारतीय रिसर्च एण्ड एनलाइसिस विड्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिका विषयमा समाचार प्रकाशित भएपछि प्रहरीले पक्राउ गर्ने उद्देश्यले केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई खोजतलास गरेपछि महासंघ कानुनी उपचारमा गएको हो ।

त्यस्तै महासंघ द्दारा जारी विज्ञप्तिमा समाचारप्रति सम्बन्धित सञ्चारमाध्यमबाट खण्डन भैसकेको अवस्थामा पक्राउ र धरपकड गरिनु कानुनविपरी हुने भन्दै अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।

पत्रकारहरुको यो कानुनी प्रक्रियामा सहयोग गर्नुहुने बरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता लिलामणी पौडेल, अधिवक्ता डा।दिनामणी पोखरेल, अधिवक्ता डा। भिमार्जुन आचार्य, अधिवक्ता भक्तिराम घिमिरे र अधिवक्ता लोकेन्द्र वलीसहितलाई महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सधै प्रतिवद्ध छ र त्यसको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको    छ ।