शुक्रबार, बैशाख १४, २०८१

आज १५औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौ बैशाख ११,
आज १५औँ लोकतन्त्र दिवस मनाइँदैछ । मुलुकमा ०६२ /०६३ को जन आन्दोलन अन्र्तगत १९ दिने आन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

यद्यपी मुलुकमा कोभिड संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कुनै कार्यक्रमको आयोजना हुन नसके पनि आजको दिन नेपालको इतिहाँसमा महत्वपूर्ण दिनको रुपमा स्थापित भएको छ ।

तत्कालीन नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए ।