बिहिबार, बैशाख १३, २०८१

२ हजार ५५९ सङ्क्रमित थपिए, ५ को मृत्यु

काठमाडौं बैशाख १०,
पछिल्लो २४ घण्टामा थप ८ हजार ७९८ जनाको पीसीआर र ८६६ जनाको एन्टिजेन विधिबाट गरिएको कोभिड परीक्षणको क्रममा थप २ हजार ५५९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसंगै योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या२ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य मन्त्रालयले जाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएसंगै निको हुनेको सख्या २ लाख ७६ हजार ७५५ जना पुगेको जाएको छ। साथै कुल संक्रमित मध्ये देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित रहेको जनाउदै मन्त्रालयले काठमाडौँ, ललितपुर, बाँके र रुपन्देहीमा कोभिड संक्रमितको सख्या बढ्दो रहेको जनाएको छ।

साथै १७३ जन संक्रमितको आईसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइहेको जानकारीदिनुको अलावा वितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031