शुक्रबार, चैत्र १६, २०८०

नेपाली प्रेसको रक्षार्थ राज्यसँग सम्झौता विहिन संघर्ष गर्न महासंघ किन्चित पनि विचलित नहुने अध्यक्ष पोखरेलको उद्घोष

ललितपुर बैशाख ११,

नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका निर्वाचित पदाधिकारीलाइ आज एक कार्यक्रमकावीच पद हस्तान्तरण गरिएको छ । पदभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकारले पछिल्ले समय ल्याइएका कतिपय विधेयक संभार विरोधी मात्र भइ नेपालको संविधान विरुद्धमा रहेको भन्दै त्यसविरुद्ध राज्यसँग सम्झौता विहिन संघर्ष गर्न महासंघ किन्चित पनि विचलित नहुने बताउनुभयो ।

त्यस्तै उहाँले कोभिडको कारण देखाउदै मिडियामा कार्यरत पत्रकार निकाल्ने काम भए महासंघ चुप नबस्ने जनाउ दिदै उहाँँले महासंघलाई एकेडेमीक रुपमा अगाडि बढाइने कार्ययोजना रहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर पत्रकार महासंघले जिल्लाबाट ४ दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरेका प्रभुनारायण बस्नेत, डा अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी, माधव नेपाललाई सम्मान समेत गरेको छ ।

यसैवीच शनिबार पदबहाली पछी बसेको महासंघ, ललितपुर शाखाको पहिलो बैठकले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
त्यसका लागि विज्ञ टोलि, महासंघका सल्लाहकार, तीन वटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका ६ वटै स्थानीय तहसंग सुझाव र सल्लाह लिएर कार्ययोजना बनाइने अध्यक्ष न्यौपानेले बताए ।

त्यस्तै महासंघले जिल्लामा रहेका महिला पत्रकार र संचार माध्यममा महिलाको स्थिती समेत अध्ययन गर्ने निर्णय संगै कोभिका कारण जिल्लाका संचारगृहमा कार्यरत पत्रकारले भोगेका समस्या, र मिडियाको अवस्थाबारेको अध्ययन गरेर प्रतिवेदन तयार गर्न सचिव रामहरी कार्कीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरेको छ भने पत्रकार महासंघ ललितपुरले जिल्लामा रहेका सबै सदस्यको डिजिटल प्रोफाइल बनाउने भएको छ । जिल्लामा ४ सय ५४ सदस्य रहेका छन । सदस्य कार्यरत मिडियासहितको डिजिटल प्रोफाइल बनाउन लागिएको हो ।