शनिबार, बैशाख २९, २०८१

अनुगमन समितिको प्रवेशसंगै कालीमाटी बजारमा सञ्चालित माछा पसलका व्यापारीवृतमा मच्यो भागडौद

काठमाडौ असोज १९,
काठमाडौँ महानगरपालिकाका अनुगमन टोली बजार अनुगमनका लागि आज कालीमाटी फलफूल तथा तरकारी बजार पुगेसंगै बजारमा सञ्चालित माछा पसलका व्यापारी तितर वितर भएका छन ।अनुगमनटोलीले व्यवसायीसंग खरिदबिक्री बिल देखाउन माग गरेसंगै ती व्यवसायी अनेकन वहानामा पसलै छोडेर भागेको हाम्रा सहकर्मीले जनाएको छ ।

त्यस्तै टोलीले अनुगमनका क्रममा दुइदर्जन भन्दाबढि पसलको दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको जनाउदै अनुगमन टोलीको प्रवेश संगै सटर तान्दै वेपत्ता भएका व्यापारी सवैलाइ समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन् सकुर्लर गरिएको जानकारी दिदै अनुगमन समिति सम्वद प्रतिनिधीले खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठग्न पल्केका व्यवसायीलाइ कारवाही गरिने जनाउ दिएको बुझिएको छ ।

त्यसलगत्तै माछा बजार समितिका अध्यक्षका अध्यक्षयले अनुमगन समित समक्ष केही समय व्यापारीलाई सुध्रिने समय माग गर्दै आगामी दिनमा उपभोक्ताको स्वास्थ्य विपरितका कार्य गर्ने र कानून नमान्ने व्यापारी उपर कारवाहीका लागि समितिको तर्फबाट पहल लिने प्रतिवतद्धा समेत जनाएको बताइएको छ ।