शुक्रबार, चैत्र १६, २०८०

अवस्थीको संयोजकत्वमा १३ सदस्यीय अनलाइन पत्रकार सञ्जाल गठन

काठमाडौ असोज १९,

स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक विकासकालागि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सदस्य एवम् आजभोलि डट कमका सम्पादक लोकराज अवस्थीको संयोजकत्वमा १३ सदस्यीय अनलाइन पत्रकार सञ्जाल संयोजन समिति गठन गरिएको छ ।  नव गठित सञ्जालको सदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे, गोपाल बराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह रहेका छन ।

त्यस्तै संञ्जालका संयोजक अवस्थीले अनलाइन सञ्चार संस्था सञ्चालन तथा कार्यरत सञ्चारकर्मीलाई एकीकृत तथा सङ्गठित गर्दै समग्र अनलाइन पत्रकारिता हकहितका लागि सञ्जाल गठन गरिएको जानकारी दिदै पछिल्लो समय अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धि संगै स्वरोजगार अनलाइन सञ्चालक तथा सञ्चारकर्मीले भोग्दै आएका कानूनी तथा व्यावसायिक समस्या र चुनौतीलाई समाधान गर्नका समितिले पहल कदुमी सहित सरोकारवाला निकायबीच समन्वय गरेर अगाडि बढ्ने कार्ययोजना रहेको जनाउ दिएका छन ।

त्यस्तै सञ्जालले देशभर अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगमा पत्रकारलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नवीकरण तथा आबद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झमेला, झन्झट र विलम्बमा सहजीकरण गर्न पहल गर्ने तथा अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचितरूपमा विज्ञापन वितरणका लागि समेत आवाज बुलन्द गर्ने बताईएको छ । साथै संजालमा आबद्ध हुनका लागि चाडै सदस्यता खुल्ला गर्ने समेत संयोजक अवस्थीले बताएका छन्।