शुक्रबार, बैशाख १४, २०८१

१ हजार दरको १ हजार २ सय १६ थान नक्कली नोट सहित २ जना पक्राउ

बारा असोज ८,
सिम्रौनगढ नगरपालिका९९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका९५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका९९ बसवरिया नहरमा चोरीका मोबाइलहरू खरीद बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा आवश्यक छानविनको लागि खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार चौधरी र संदिप कुमारलाइ चेकजाँचको नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले नक्कली नोट सहित पक्राउ परेका अभियुक्तद्दय उपर उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  मोबाइल लिई फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि प्रहरीले ललितपुर महानगरपालिका९ १४ ताल्छीखेलबाट हेर्दा सक्कली लाग्ने तर नक्कली १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरेको थियो ।
ललितपुरमा पनि डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गर्ने क्रममा  नक्कली नोट दिई बिल समेत नलिई फरार भएको र बारामा पनि ३० थान मोबाइल खरिद गर्ने क्रममा नक्कनी नोट प्रयोभएको पाएसंगै नक्कली नोटको कारोवारी दुवै घटनामा कनेक्सन रहेको देखिन्छ ।

उपत्यकामा नक्कली नोटको विगविगी, ललितपुरमा १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद