शनिबार, बैशाख ८, २०८१

सवारी साधनको ठक्करबाट पैदल हिड्दै गरकी अनुपा ठहरै

काठमाडौं असोज ८,
काठमाडौं महानगरपालिका(३ स्थित शिक्षण अस्पतालको गेट अगाडि सडकको जेब्रा क्रसिङमा हाल नम्बर नखुलेको मोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्री बुढानिलकण्ठ नगरपालिका- ६ बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा।११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिदै आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसैवीच काठमाडौं महानगरपालिका(३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली वचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । उक्त क्याफेबाट १ थान ल्यापटप र २ थान विभिन्न ब्रान्डका मदिरा तथा हिउचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रुपैयाँ, १ थान ल्यापटप र १ थान सिसी क्यामरा हार्ड डिक्स समेत गरी जम्मा उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको  प्रहरीले जनाएको छ ।