शनिबार, बैशाख १५, २०८१

कोभिड संक्रमणका कारण काठमाडौंका १६ वर्षीय पुरुष सहित ३ को मृत्यु

काठमाडौं असोज ७
उपत्यकामा बढ्दो कोभिड संक्रमणको सफ्तारसंगै गएराती संक्रमणबाट काठमाडौंका १६ वर्षीय पुरुषको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पालामा उपचारारत संक्रमित ती पुरुष मिर्गौलाको समस्याबाट समेत पिडित रहेको बताइएको छ ।

काठमाडौंका स्थायी बासिन्दा रहेको उनि कोभिड संक्रमणसंगै उपचारको लागि अस्पताल भनाए भएका थिए । तर उपचारको क्रममा मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

त्यस्तै बुटवलको कोभिड बिशेष अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का मधुमेह र मिर्गौलाका दीर्घ रोगी समेत रहेका कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५० वर्षीय पुरुष रहेको बताईएको छ ।

त्यस्तै कलेजो र मिर्गौलाको समस्याबाट पिडित रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।