शुक्रबार, बैशाख १४, २०८१

अविरल वर्ष संगैको पहिरोमा परि एकै परिवारका चार जना वेपत्ता, ५ को मृत्यु

काठमाडौं असोज ८ , अविरल वर्ष संगै आएको पहिरोमा परेर स्याङ्जाको वालिङमा एकै परिवारका १० जना पहिरोमा पर्दा ४ जना वेपत्ता भएका छन् भने ५ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।

प्रहरीका अनुसार वालिङ नगरपालिका वडा नं. १४, की माया परियारको घर गएराति पहिरोले बगाउँदा १० जनाको परिवारमध्ये १०. जना नै पहिरोमा पुरिएको र यसमध्ये अहिलेसम्म तीन महिला र दुई पुरुष गरि ५ जनाको शव निकालिएको छ। अन्य ४ जना अझै बेपत्ता रहेको बताईएके छ । त्यस्तै पहरोमा पुरिएका १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी गह्रौं प्राथमिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि  पोखरा पठाईएको जनाएको छ ।

इप्रका वालिङ स्थानीय लगायतले घटनास्थलमा उद्दारको प्रयास गर्दै गरेपनि वर्षाका कारण निकै असहज भइरहेको बताईएकोछ ।