शुक्रबार, बैशाख १४, २०८१

प्रदेश २ र ५ का पत्रकारलाई कोभिड अभिमुखिकरण

देशभर १ सय २० जना पत्रकार कोरोनाबाट संक्रमित हुनुभएको र संक्रमितमध्ये एक जना पत्रकारको मृत्यु भएको त्यस्तै ७५ जना पत्रकारहरु उपचार पछि संक्रमणमुक्तभएको र ४४ जना पत्रकार उपचाररत

काठमाडौं असोज ७,

नेपाल पत्रकार महासंघले प्रदेश नं २ र ५ मा कार्यरत एकसय जना पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा विश्व स्वास्थ्य संगठनको सहकार्यमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्वमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

भर्चुअल माध्यमबाट भएको प्रस्तुत कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्दै अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई सबैले व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै विश्व स्वास्थ्य संगठनका अधिकृत डा. सुनोर बर्माले कोभिड भाइरस महामारीमा सञ्चारमाध्यमको दायित्वका बारेमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोभिडसंग सम्बन्धित पक्षहरुका बारेमा प्रस्तुतिकरण सहित सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा महासंघका सचिव प्रकाश थापाले असोज ६ गतेसम्म महासंघको अभिलेख अनुसार देशभर १ सय २० जना पत्रकार कोरोनाबाट संक्रमित हुनुभएको र संक्रमितमध्ये एक जना पत्रकारको मृत्यु भएको त्यस्तै ७५ जना पत्रकारहरु उपचार पछि संक्रमणमुक्तभएको र ४४ जना पत्रकार उपचाररत रहनुभएको बताउनुभयो ।