शुक्रबार, बैशाख १४, २०८१

निर्देशन कार्यान्वयनमा सरोकारवालाले आलटाल गरेपछि मन्त्री आफै सडकमा

काठमाडौ भाद्र १८, सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं उपत्यकामा अनुमति नलिई टाँगिएका विभिन्न सेवाप्रदायक तथा व्यापारिक संस्थाका तार काट्ने Captureअभियान सुरु गरेको छ ।  यसअघि मन्त्री बस्नेतले स्वीकृति नलिइ राखिएका अव्यवस्थित तार हटाउन निर्देशन दिएपनि सम्बन्धित निकायले पालना नगरेकाले आइतबारबाट मन्त्री बस्नेत आफै सडकमा ओर्लिएर तार काट्ने अभियानको सुभारम्भ गर्नु भएको हो ।

त्यस्तै असभयानको सुभारम्भमा मन्त्री बस्नेतले् विना अनुमति अव्यस्थित रुपमा राखिएका तारका कारण राज्यलाई वार्षिक अर्बौं रुपैयाँ नोक्सानी, सडक दुर्घटना बढ्नुको अलावा शहरको सौन्दर्यसमेतमा कुरुपता आएको जनाउ दिदै उहाँले राजधानीको माइतीघर मण्डलाबाट तार काटेर अभियान सुरुवात गरिएको बताउँनु भएको छ । साथै उहाँले प्रस्तुत अभियानलाय अभियानकै रुपमा देशभर अघि बढाइने जनाउ पनि त्यस अवसरमा दिनु भएको छ ।