शुक्रबार, बैशाख १४, २०८१

बाढी प्रभावित क्षेत्रमा अस्थाई आवासको प्रवन्ध मिलाउँन मन्त्री साहको निर्देशन

काठमाडौ श्रावण २९,  सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि तुरुन्तै अस्थाई आवासको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरिएका जनताहरुलाई सुरक्षित हुनेगरी त्यस्तो आवासको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
IMG_2229दिर्नेशन दिने क्रममा मन्त्री शाहले ‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका सबै कर्मचारीहरु तुरुन्तै कार्यक्षेत्रमा जान भन्दै ‘आवाससँग सम्बन्धित महाशाखाले आवासको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र निकायको एकीकृत कार्ययोजना बनाएर कामसुरु गर्न भनेका छन ।

त्यस्तै उहाँले बाढीपीडितहरुलाई आवासको प्रबन्ध गर्नु पहिलो आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो ‘जनताको घरभरी पानी नै पानी छ, उनीहरुलाई उद्धार गरेर कहाँ बसाउने हो ? त्यसको व्यवस्था मिलाउँन र विपत्तिको समयमा प्रक्रियामुखी काम भन्दा पनि परिणाममुखी भावले सरकारी स्तरबाट पीडितको उचित व्यवस्थापनको लागि कुनै पनि कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।