शुक्रबार, बैशाख १४, २०८१

शिव मन्दिरमा पूजाअर्चनाका लागि महिलाहरुको घुईचो

काठमाडौं श्रावण ९, आज श्रावण महिनाको दास्रो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा शिवको IMG_20170724_114636पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ । आजको दिन नेपाली हिन्दू महिलाहरुले श्रावणे सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा कामपा वडा न् १९ मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिरमा हरियो र रातो कपडा र चुरा तथा मेहन्दीमा सजिदै पूजा अर्चनाको लागि लामवद्ध व्रतालु महिलाभक्तजन ।  स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।