शनिबार, बैशाख २२, २०८१

वन क्षेत्रको संरक्षण एवम् संवद्र्वन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीको आह्वान

Capture

काठमाडौ ज्येष्ठ २२,  हरेक वर्ष जुन ५ का दिन मनाइने यो दिवस नेपालमा ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस क्रममा आज राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमसख आतिथ्यतामा जनसङ्ख्या तथा वातावरण मन्त्रालयद्वारा आयोजित विशेष bidhya-bhandari-presidentकार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवम् संवद्र्वन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैलाइ आह्वान गर्नुभएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उहाँले जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालका लागि वातावरण दिवस मनाउनुको अलग महत्व रहेको अभिव्यक्ति दिदै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पुगेको जनाउ दिनु भएको ट ।

जनसङ्ख्या तथा वाता��रणमन्त्री जयदेव जोशी वातारण संरक्षण समितिका कार्यवाहक सभापति मानबहादुर विश्वकर्मा, मन्त्रालयका सचिव डा विश्वनाथ ओली लगायतले बोल्नु भएको उक्त कार्यक्रममा  मन्त्रालयले यस वर्षको ‘वातारण संरक्षण पुरस्कार–२०७४’ महिला बालबालिका तथा वातावरण सुधार केन्द्र मकवानपुर र वातावरण अभियन्ता कैलालीका लालबहादुर रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ ।

त्यसैगरी, वातारण संरक्षण महिला पुरस्कार–०७४ इन्दिरा पराजुलीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । वातारणमैत्री उद्योग पुरस्कार–२०७४ युनिलिभर नेपाल वातारण पत्रकार पुरस्कार लक्ष्मीप्रसाद उपाध्यक्ष र जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार अभिषेक श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु २५ हजार, ५० हजार र २५ हजार रहेको छ ।