बुधबार, बैशाख १२, २०८१

बसले ठक्कर दिँदा युवतीको मृत्यु

download (3)काठमाडौं ज्येष्ठ २२ ,आज बिहान बसुन्धरामा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नंको बसले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।   सुनसरी घर भई हाल सुकेधारा बस्ने २३ वर्षीया रवीना चौधरीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त चक्रपथलाइ उदृत गर्दै प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै उक्त घटनापछि प्रहरीले बस र बसका चालक विनय तामाङलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।