बुधबार, बैशाख २६, २०८१

राजपासँग सहमतिमै निर्वाचन सारिएको नेता यादवको दाबी , परासीमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप

काठमाडौ आषाढ ३, नेपाली काँग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै प्रदेश नं २ को निर्वाचनको मिति सारिएको बताउँनु भएको छ ।mahendra-yadavरिपोर्टर्स क्लबमा  गायक बासुदेव रेग्मी ‘सप्तरंगी’को राष्ट्रिय गीतको बिमोचन गर्दै बोल्दै नेता यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले राजपासँग पूर्ण सहमति गरेर नै तेस्रो चरणको निर्वाचनको मिति सार्वजनिक गरिएको दाबी  गर्नु भएको  हो  ।

तर क्लबको  अर्को   साक्षात्कार  कार्यक्रममा बोल्दै  राजपाका नेता राजेन्द्र महतोले नेता यादवको भनाइप्रति विमति राख्दै मधेस र थरुहटलाई टुक्राटुक्रा पारेर गरिने चुनावले कसैको हित नगर्ने अभिव्यक्ति दिनुको अलावा झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने र बल प्रयोग गरेर निर्वाचन गराइए मुलुक सफल हुन नसक्ने बताउनु भएको थियो । त्यस्तै उनले असार १४ गते हुने निर्वाचनको लागि भोलि हुने उम्मेद्धवारी त परैको कुरा भएको भन्दै कुनैपनि निर्वाचनमा आफूहरु सहभागी नहुने जिकिर गरे ।

यसैवीच नवलपरासीमा आज राष्ट्रिय राजपाद्दारा आयोजितविरोध सभाको प्रहरी राजपका कार्यकर्ताबीच झडप भएको छ । झडपको क्रममा ५जना घाइते भएको र घाइते हुनेमा ४जना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार नवलपरासीको सदरमुकाम परासीमा आयोजित विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा राजपाका कार्यकतार्रुले एमालेको चुनाव चिन्ह अ‍ंकिट टिसर्ट जलाउने अभियान सुरु गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको बताईएको छ ।  झडपपछि राजपाका शीर्ष नेतालाई सुरक्षाकर्मीले परासीकै एक होटेलमा राख्दै सुरक्षा प्रदान गरेका थिए । सभालाई राजपाका नेता राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, वरिष्ठ नेता हृदयश त्रिपाठीलगायतले सम्बोधन गरेका थिए ।