शुक्रबार, चैत्र १६, २०८०

यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी

Anup_20161227_7

गोकर्णेश्वरमा स्थित ओम कृषि फार्ममा लागेको आगलागीमा अत्याधिक सख्यामा  राष्ट्रिय  जनावर गाई मरे

भक्तपुर आषाढ ४,  भक्तपुर स्थित उद्योगपति अनिल केडियाको यति कार्पेट इन्डस्ट्रिजमा गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ।

आगलागी नियन्त्रणकालागि भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी राखेको थाहा भएको छ । के  कारणबाट  आगलागी भएको  हो र   के-कती    क्षति भएको छ सोको जानकारी  आउँन बाँकी रहेको  प्रहरीले  जानकारी दिएको छ ।

यसैवीच शनिवार विहान गोकर्णेश्वर नगरपालिका स्थित ओम कृषि फार्म’ विद्युतसर्ट भई लागेको आगलागीमा परेर आगलागी हुँदा अत्याधिक सख्यामा  राष्ट्रिय जनावर गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।  नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा शनिवार अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ र आगलागीमा परेर घाइते भएको गाईको उपचार भइरहेको थाहा भएको छ ।