शनिबार, बैशाख ८, २०८१

संविधानमा संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन दिन्नौ : नेता महतो

सरकार आफै निर्वाचनको वातावरण बनाउँन भन्दा विथोल्ल उदृत नेता: ठाकुर

Captureचितवन आषाढ ३,  राजपाका नेता राजेन्द्र महतोले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दा आफूहरुसँग निर्वाचन सार्ने विषयमा कुनै किसिमको सहमति र सल्लाह नगरेको बताएका छन् । नवलपरासीको परासीमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्न आज चितवन पुगेका नेता महतोले पत्रकारसँग कुराकानी गर्दै अहाँले यस्तो अभिव्यक्ति दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा नेता महतोले सरकारले मधेस विभाजनको खेलमा लागेको आरोप लगाउँदै संविधानमा देखिएको त्रुटिलाई समाधान नगरेसम्म मधेसमा कुनैपनि हालतमा निर्वाचन हुन नदिने समेत जनाउ दिएका छन ।  त्यस्तै अर्का नेता महन्त ठाकुरले निर्वाचन स्थगित गरेर मात्रै समस्या समाधान नहुने भन्दै अहिले दोस्रो चरणको निर्वाचनको वातावरण नबनेको जनाउ दिदै सरकारले अझैपनि निर्वाचनको वातावरण बनाउने काम गरे आफूहरु निर्वाचनमा जान तयार रहेको अभिव्यक्ति दिदै सरकार आफै निर्वाचनको वातावरण बनाउँन भन्दा विथोल्ल उदृत रहेका बताएका छन ।