सोमवार, बैशाख १७, २०८१

माओवादी अध्यक्ष प्रचण्डलाइ चुनावी सभामा पुग्न भ्याइनभ्याइ

काठमाडौ आषाढ ६ , नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व छाडेसँगै दोस्रो चरणको निर्वाचनमा केन्द्रित बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व छाडेसँगै चुनावी सभा समारोहमा नै बढी केन्द्रित बनेको छ भने उनलाई चुनाव हुने ठाउँहरूको कार्यक्रममा पुग्न भ्याइनभ्याइ नभएको अवर आजको राजधानी दैनिकमा  प्रकाशित रहेको छ।   प्रकाशित खवरमा उल्लेख  भएअनुसार माओवादी केन्द्रले निर्वाचन हुने जिल्लाहरूमा शीर्षस्थ नेताहरूलाई Captureकेन्द्रित गरेको छ । प्रदेश–२ र ३ का नेताहरूलाई १ नम्बरमा केन्द्रित गरेको छ भने प्रदेश–५ र ७ का नेताहरूलाई ४ र ६ नम्बरमा केन्द्रित गरेको छ । माओवादीले जिल्लागत जिम्मेवारी खटाएको छ भने प्रदेशस्तरीय अलराउन्डर नेताहरूसमेत खटाएको छ । अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालाई माओवादीले अलराउन्डरका रूपमा खटाएको छ । अध्यक्ष दाहालल ७ गते उदयपुर पुग्नेछन् । त्यसलगत्तै विराटनगर, कञ्चनपुर, दाङलगायत स्थानमा उनी सहभागी उनको सचिवालयले जनाएको छ ।

चुनावी प्रचारप्रसारका लागि माओवादी शीर्षस्थ अन्य नेताहरू जिल्लाजिल्लामा समेत पुगेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेता कृष्णबहादुर महरा रोल्पा पुगेका छन् । यस्तै, गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मा रुकुममा रहेका छन् । यसैगरी माओवादी प्रभावशाली नेता वर्षमान पुन प्रदेश–५ मा खटिएका छन् । टोपबहादुर रायमाझी अर्घाखाँची, रेखा शर्मा दाङमा खटिएका छन् । प्रदेश–१ इन्चार्ज गोपाल किरातीले राजधानी छाडेको महिनौं भएको बताए । अहिले २ नम्बरको निर्वाचन रोकिएपछि कतिपय नेताहरू १ नम्बरको निर्वाचनमा केन्द्रित बनेका छन् । केन्द्रीय कार्यालय सदस्य गिरिराजमणि पोखरेल, मणि थापालगायत नेताहरू पनि यसअघि देखि नै फिल्डमा खटिएका छन् ।

माओवादी केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले नेताहरूको कार्य विभाजन गरेर निर्वाचन प्रचारप्रसारको काम भइरहेको बताए । अघिल्लो निर्वाचनबाट सिकेको पाठ सिक्दै चुनाव प्रचारमा खटिएको उनको भनाइ छ । मतदाता शिक्षामा कमी हुँदा पहिलो चरणमा धोका पाएकाले अहिले त्यसलाई प्राथमिकता दिने, जनताको घरदैलो कार्यक्रमलाई तीव्रता दिने योजना रहेको उनी बताउँछन्।