बुधबार, मंसिर २०, २०८०
Dashain

को बन्ला भावी प्रधानसेनापति ?

 काठमाडौं मंसिर ४ ,
रथीमा बढुवा सिफारिस गरिएका उपरथी ताराध्वज पाण्डेले उमेर विवादमा पदबाट राजीनामा दिएको र उनीपछिका उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने भएका कारण भावी प्रधानसेनापति को हुने भन्ने टुंगो लाग्न सकेको छैन।

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि नौ महिनापछि सकिँदै छ। रथीमा बढुवा सिफारिस भएपछि पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो। जन्म मिति विवाद बल्झेपछि उनले राजीनामा दिएका हुन्। उनीपछिको रोल क्रममा रहेका दुई उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने सैनिक स्रोत बताउँछ।

पाण्डेले राजीनामा दिए पनि स्वीकृत भएको छैन। विशिष्ट श्रेणीका सैन्य अधिकृतको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ। तर पाण्डेको राजीनामा पत्र मन्त्रिपरिषद्मा पुगेको छैन, रक्षा मन्त्रालयमै अड्केको छ। यस विषयमा जिज्ञासा राख्दा रक्षा सचिव किरणराज शर्मा आफू बाहिर भएको भन्दै बोल्न पन्छिए। ‘म बाहिर छु। यो विषयमा पछि कुरा गरौं’, सचिव शर्माले भने।

कात्तिक २४ गते पाण्डेले उपरथी पदबाट दिएको राजीनामा पत्र जंगी अड्डाले रक्षा मन्त्रालयमा पठाएको थियो। त्यसयता दुई पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ। ‘पाण्डेको राजीनामा किन स्वीकृत भएको छैन भन्ने मलाई थाहा छैन’, एक मन्त्रीले भने। जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गरेपछि उनको जन्म मिति विवाद बल्झेको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पनि पाण्डेको राजीनामा स्वीकृत भए नभएको विषयमा आफूलाई जानकारी नभएको बताए।  ‘राजीनामा पत्र रक्षा मन्त्रालयमा पठाएको हो, त्यसपछि के भयो, मलाई जानकारी भएन’, उनले भने। पाण्डेलाई बढुवा सिफारिस समितिले रथीमा बढुवा सिफारिस गरेसँगै भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो।

सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गते अवकाशमा गएपछि रथीको उक्त दरबन्दी रिक्त भएको हो। अर्का रथी सीताराम खड्का पुस ३ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।  सेनामा अवकाशको १५ दिनअघि अनिवार्य बिदा बस्ने परम्परा छ। यस आधारमा रथी खड्का मंसिर १८ गतेदेखि बिदामा बस्नेछन्। बढुवाका लागि प्रक्रिया पु¥याउनुपर्ने भएकाले केही समय रथीका दुवै पद रिक्त रहने सैनिक स्रोतले जनाएको खवर  नागरिक दैनिकमा टपेन्द्र कार्कीको वाइलाइनमा प्रकाशित रहेको छ।  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031