शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिद्वारा घरजग्गा मेलाको सुभारम्भ

काठमाडौ चैत्र २५,  राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजधानीको भृकुटीमण्डपमा आयोजित ‘छैटौँ घरजग्गा मेला–२०७३’ को एक कार्यक्रमकावीच समारोहबीच 17793171_10206508888159662_1252613517_nसुभारम्भ गर्नु भएको छ ।
नेपाल घरजग्गा तथा आवास विकास सङ्घले आयोजना एवम् काठमाडौँ महानगरपालिका, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान लगायतका संस्था सहआयोजक रहेको चारदिनेसम्म जारी रहने उक्त मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरूको प्रदर्शनी राखिएका छन् ।

कार्यक्रममा एमालेका अध्यक्ष एवम् पूर्व प्रम केपी ओली,
उद्योगमन्त्री नवीन्द्र जोशी, सङ्घका अध्यक्ष तथा सांसद इच्छाराज तमाड लगायतले पनि सम्बोधन गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।