शनिबार, बैशाख १५, २०८१

सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताकालागि महिला उम्मेदवारलाइ विजयी गराउनुपर्नेमा जोड

काठमाडौ चैत्र १८, स्थानीय तहको निर्वाचनमा वडा तहदेखि नै महिला उम्मेदवार विजयी गराउनुपर्नेमा जोड दिइएको छ । मिडिया एडभोकेसी ग्र्रुपद्दारा आज 17577923_10206461197607428_1273521775_n 17742173_10206461197647429_556562569_nआयोजित आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको भूमिका विषयक अन्र्तक्रियाका वक्ताहरुले स्थानीय तहको निर्वाचनमा जतिसक्दो महिला उम्मेदवारलाई विजयी गराउँनु पर्नेमा जोड दिएकी छन ।

अन्र्तक्रियालाइ सम्बोधन गर्दै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आगामी बैशाख ३१ ग्ते हुँदै गरेको स्थानीय तहको निर्वाचन मुलुकको बदलिदाृ अवस्थाकावीच १९ वर्ष पछि हन गरइरहेको जिकिर सहित प्रस्तुत निर्वाचन मार्फत महिला उम्मेदवारको नेतृत्व सहितको कार्य क्षमता विस्तारका अलावा ४० प्रतिशत महिलाको सुनिश्चित विजयी हुने जनाउ दिनु भएको छ ।

त्यस्तै अर्का वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य सावित्री भुसालले वडास्तरदेखि नै महिला सहभागिता एवम् विजयी हुने वातावरण बनाउँनका लागि पहल थालिएको बताउँदै गर्दा काँग्रेस नेतृ कल्याणी रिजालले स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारलाइ विजयी बनाउँन महिला मैत्री वातावरणको आवश्यकता औल्याउँनु भएको थियो ।  त्यस्तैगरि अन्र्तक्रियाका सहभागीहरुले स्थानीय तह निर्वाचन ऐनले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएपनि नेतृत्व नै पाउनेमा भने ढुक्क बन्न नसकेकोमा चिन्ता समेत प्रकट गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दुले महिलाको उम्मेदवारी केवल उम्मेदवारीका लागि उम्मेदावरी मात्र नवनाइ सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका लागि महिला उम्मेदारलाइ विजयी  बनाउँन आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तै लामो समय पछि मुलुकमा हुन गइरहेका निर्वाचनमा सहभागी महिला उम्मेदवारको आत्मविश्वास बलियो बनाउँदै स्थानीय निर्वाचनलाई सदुपयोग गर्नसक्नु पर्नेमा जोड दिदै म्यागका अध्यक्ष बबिता बस्नेतले महिला उम्मेदवारलाई बलियो बनाउन मतदाता शिक्षा सहित सञ्चारजगले महिला मैत्री सहज वातावरण निर्माणमा भूमिका निर्वाह गर्न आवश्यक रहेका बताउँनु भएको थियो ।