बुधबार, बैशाख २६, २०८१

‘चःमति नेवाः सनिल’ को आयोजना हुँने

16244310_1839815752955595_191539358_n[1]काठमाडौं चैत्र २०,  विभिन्न सांस्कृतिक एवम् सामाजिक गतिविधिको आयोजना गर्दै आएको चःमति नेवाः खलःले पहिलो पटक लाइभ सांगितिक कार्यक्रम गर्ने भएको छ । आगामी चैत २६ गते संगीतकार जुगल डंगोलको एकल संगीत र रचनाकार पुर्णकाजी ज्यापुको एकल रचनामा सांगितिक कार्यक्रम चःमति नेवाः सनिल chamatiDSC_0098[1]आयोजना हुने भएको छ । राजधानीकोस्थित प्रज्ञाभवनमा आयोजना हुने प्रस्तुत कार्यक्रममा म्यूजिक ट्र्याकमा सिमित हुँदै गएको नेवाः सांगितिक गतिविधिलाई गतिशिल बनाइ पुनर्जागरण ल्याउन पनि यस कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी आज आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।

साथै नेवाः कलाकारीता क्षेत्रमा प्राचीन दबू प्याखंको विकसित डबलिको रुपमा पनि यस कार्यक्रमलाई प्रस्तुत गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । पत्रकार सममेलनमा दिईएको जानकारी अनुसार कार्यक्रममा विभिन्न लोकप्रिय गायक गायिकाले १७ जना वाद्यवादकको साथमा लाइभ प्रस्तुति गरिनु साथै वरिष्ठ गायक जुजुकाजी रंजितलाई ‘चःमति नेवाः संगीत सम्मान’बाट सम्मान समेत गरीने भएको छ । त्यस्तैगरि नेवाः संगीतको उत्थान एवम् विकासमा पु-याउनु भएको योगदानको कदर गर्दै वरिष्ठ गायक रमेश ताम्राकारलाई समेत विशेष सम्मानबाट सम्मान गरीने चःमति नेवाः खलःका अध्यक्ष पुर्णकाजी ज्यापुले बताउनुभयो ।

साथै पत्रकार सम्मेलनमा संगीतकार जुगल डंगोलले हाम्रा मौलिक लोकबाजालाई पनि आधुनिक शैलीमा प्रस्तुत गर्दै जाने हो भने यो युवापुस्तामा पनि लोकप्रिय बन्ने दावी सहित यहि परिकल्पना अन्तर्गत आफुले चःमति नेवाः सनिल कार्यक्रममा पनि नेपाली लोक बाजाहरुलाई फरक ढंगबाट आधुनिक शैलीमा प्रस्तुत गर्ने योजना बनाएको जानकारी दिनुभएको छ । यसअघि पनि चःमति नेवाः खलःबाट चःमति सनिल दुइपटक र त्यःछिंत्यः सनिल नामबाट पनि सांस्कृतिक कार्यक्रमको मोटरसाइकल ¥याली, बसुन्धरा पूजा लगायत विभिन्न सांस्कृतिक एवम् सामाजिक कार्यहरु पनि यस खलःले गर्दै आएको छ ।