शुक्रबार, बैशाख २१, २०८१

महासङ्घको शाखा अधिवेशन रोक्न आयोगद्दारा पत्राचार

काठमाडौ चैत्र १० , निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको लागि जारी निर्वाचनसम्बन्धी आचारसंहिताको कारण देखाउँदै नेपाल पत्रकार महासङ्घको शाखा अधिवेशन हाललाई स्थगन गर्न आग्रह गरेपछि महासङ्घको केन्द्रीय महाधिवेशन समेत प्रभावित हुने भएको छ । आयोगले आचारसंहिता जारी भएको सन्दर्भमा Captureमहासङ्घका शाखा अधिवेशन रोक्न सूचना तथा सञ्चार  मन्त्रालयमार्फत   बुधवार  पत्राचार गर्दै निर्वाचन रोक्न आग्रह गरेसंगै यस्तो अन्यौलता सिर्जना भएको हो ।

मे ३ मा हुने विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासङ्घले आगामी वैशाख २१ गते २५ औँ महाधिवेशनको तयारी गरेको छ । तर महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्थानीय निर्वाचन आचारसंहिता जारी हुँनुपूर्व तोकिएको अधिवेशन रोक्नु कति उचित भन्नेबारे आयोगसँग छलफल गरेपछि मात्र आफूहरू निर्णयमा पुग्ने तयारी गरेको बताईएको छ ।