शनिबार, बैशाख २२, २०८१

भारतीय अद्भूत बालक कौटिल्य नेपालमा

काठमाडौं चैत्र १०,  अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित आज नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ kautilya1[1]। अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।

उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष अध्यक्ष सुदर्शन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ । उनी आज राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् ।
कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए । काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए ।