शनिबार, बैशाख ८, २०८१

संसद् बैठक: थ्रेसहोल्डको व्यवस्था सहित राजनीतिक दलसम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौ चैत्र ९, व्यवस्थापिका संसदको आजको बैठकले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने गरी बनाएको sambidhan-sabha-bhawan1111मतसीमा अर्थात थ्रेसहोल्ड सहितको राजनीतिक दलसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।
यसअघि पूर्व निर्धारित संसद बैठकको समय भन्दा डेढ घन्टा पछि बसेको आजको बैठकमा साना दलहरुको विरोघका वावजुद पनि यस्तो प्रस्ताव पारित गरेको हो ।

मुलुकका प्रमुख ३ ठूला दल क्रमस कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र विधेयकको पक्षमा अन्य साना दलहरु विधेयकको विपक्षमा उभिएको थियो । यसअघि  पटक पटक साना दलले थ्रेसहोल्डको प्रसंग चल्दै गर्दा सानादलहरुले असहमति जनाएकै कारण राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन सकेको थिएन । अव परित प्रस्तुत विधेयकमा गरिएको व्यवस्थाअनुसार समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने दलले संसदमा प्रतिनिधित्व गरे पनि राष्ट्रिय पार्टीको मान्यता नपाउने भएको छ ।