शुक्रबार, बैशाख १४, २०८१

प्रणय दिवसमा म्युजिक एण्ड डान्स 

काठमाडौ फागुन ४,  रश लाईट मिडिया प्रा.लिले अहिलेको युवा पुस्तालाई लक्षित गरेर फेबु्रअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा आयोजना rushlight event rushlight valentineगरेको म्युजिक एण्ड डान्स पार्टी भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाट स्थित एभोकाडो रेष्टुरेन्ट एण्ड बारमा दिउँसो १ बजेदेखी राती अबेरसम्म भएको उक्त कार्यक्रममा एकौस्टिक जर्न बाण्ड र नेप्हालेम बाण्डको प्रस्तुति रहेको रशलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन् ।
रशलाईट मिडियाले विभिन्न अवसरमा कार्यक्रम गर्दै आएको छ । फेशन तथा डान्स सम्बन्धी कार्यक्रम गर्नेमा रशलाईट पछिल्लो समय अग्रस्थानमा रहेको छ । यस कार्यक्रममा बाण्डका साथमा गायिका रमिता भण्डारी, गायक अजय तुलाधर, गायक हृदय गहतराज आदि गायक गायिकाले गित प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए ।
कार्यक्रम लाजिम्पाटमा रहेको एभोकाडो रेष्टुरेन्टसँगको सहकार्यमा गरिएको थियो । कार्यक्रममा सहभागीहरु सन्तुष्ट भएको र रेष्टुरेन्टले राम्रो सेवा दिएको एभोकाडो रेष्टुरेन्टका सञ्चालक समिर तुलाधरले जानकारी दिए । कार्यक्रममा २०० भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम व्यवस्थापनमा कुनै कमि हुन नदिएको कार्यत्र mम व्यवस्थापक सरोज श्रेष्ठले बताए । निकट भविष्यमा हुने होली, शिबरात्रीमा पनि कार्यक्रम गर्ने घोषणा गरिएको थियो ।